माछा मार्ने क्रममा काका–भतिजकाे खाेलामा डुबेर मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा ७ र ९ काे सीमानामा पर्ने शितखाेलामा प्युठान नाैबहिनी गाउँपालिका–८ फाेप्लीका ५० वर्षीय नुमाराम घर्ती र उनका दाइका छाेरा १२ वर्षीय समुलाल घर्तीकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरू अर्घाखाँचीमा न्वारनकाे भाेज खान आएका थिए । शितगंगा नगरपालिका-९ औलेका हिरा घर्ती पल्लीकाे छाेरीकाे न्वारनकाे भाेज खाएपछि उनीहरू शनिबार खाेलामा माछा मार्न गएका थिए । त्यही क्रममा खाेलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएका छन् । जिल्ला अस्पतालमा शवकाे पाेष्टमार्टमपछि आफन्तलाई बुझाइएकाे छ ।
कमेन्ट गर्नुहोस्