काठमाडौं महानगरपालिकाकाे उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै छ । उनले २६ हजार आठ सय ८७ मतको अग्रता लिइरहेकी छन् ।
अहिलेसम्म भएको गणनाअनुसार डंगोलले ४० हजार पाँच सय २४ मत प्राप्त गरेकी छन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार ६ सय ३७ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् ।
कमेन्ट गर्नुहोस्







