बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले फील गुड बार एण्ड ग्रिल मा १० प्रतिशत सम्म विशेष छुट पाउने भएका छन् । शुक्रबार बैंक अफ काठमाण्डू र फील गुड बार एण्ड ग्रिल बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट पीओएस तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । फील गुड बार एण्ड गिल्लले एयरपोर्ट मोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।
कमेन्ट गर्नुहोस्