नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्न बाटो खुल्यो

103
0
Share:

नबिल बैंकको विशेष सधारण सभा सम्पन्न भएको छ । सभा सिल्भर ओक ब्याक्वेट काठमाडौंमा सम्पन्न भएको हो । सभाले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको विशेष साधारण सभा सम्पन्न भएसँगै अब नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गर्ने बाटो खुला भएको हो ।

सभाले नेपाल बङ्गलादेश बैंकको १०० कित्ता शेयर बराबर नबिल बैंकको ४३ कित्ता(१ः०.४३)हुने गरी प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ । साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ ।

कमेन्ट गर्नुहोस्