स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ९३ हजार ६४७ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) को ३४ हजार १३० मतसहित अग्रता फराकिलो बन्दै गएको छ ।
नेकपा (एमाले) का उमेदवार केशव स्थापित १८ हजार ५४७ मतका साथ दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले १८ हजार ४२९ मत प्राप्त गरेकी छन् ।
कमेन्ट गर्नुहोस्







