नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् ।
क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए । तर उनलाई अमेरिकाले भिसा नदिएको हो नेपाली टिमका बलिङ प्रशिक्षकलाई अमेरिकाले भिसा दिएन।
७ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलिङ कोच धम्मिका प्रसादलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासले भिसा नदिएको भन्दै उनले ट्वीट गरेका छन् ।
क्रिकेट विश्वकप लिग टू खेल्न नेपाल अमेरिका जाँदै छ । नेपाली क्रिकेट टिमको बलिङ कन्सलटेन्ट धम्मिका नेपाली टिमलाई बलिङको प्रशिक्षण दिन अमेरिका जान लागेका थिए । तर उनलाई अमेरिकाले भिसा नदिएको हो ।
अमेरिकाको टेक्सास राज्यमा जुन ६ देखि १६ सम्म हुने क्रिकेट विश्वकप लिग टूमा नेपालले अमेरिका र ओमानसँग खेल्ने छ ।ओमानमा भएको चार देशीय टी(२० सिरिज र टी(२० विश्वकप ग्लोबल क्वालिफायरसहितका प्रतियोगितामा धम्मिकाले नेपाली खेलाडीलाई बलिङको प्रशिक्षण दिएका छन् ।
३८ वर्षीय धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ एक दिवसीय अन्तर्राष्ट्रिय खेल र एक टि(२० अन्तर्राष्ट्रिय खेलेका छन् ।