काठमाडौ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता लिइरहँदा दोस्रो स्थानका लागि एमाले र कांग्रेसका उम्मेदवारबीच टक्कर भइरहेको छ ।
बालेन साह भारी मतान्तरसहितको यात्रामा लम्किरहँदा उनलाई भेट्टाऊन अब एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहका लागि असम्भव जस्तै देखिन थालेको छ ।
अहिलेसम्म ९१ हजार ९७२ मत गनेर सकिँदा बालेन ३३ हजार ६२४ मत ल्याएर शीर्ष स्थानमा विराजमान छन् । दोस्रो स्थानमा रहेका स्थापितले १८ हजार १८९ मत पाएका छन् भने सिर्जनाको मत १८ हजार ५४ छ ।
बालेनले स्थापितको भन्दा १५ हजार ४३५ र सिर्जनाको भन्दा १५ हजार ५७० मत धेरै पाएका छन् । मतगणना जारी छ ।
कमेन्ट गर्नुहोस्