पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने र ग्राहकलाई विशेष छुट प्रदान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले अन्नपूर्ण केबलकार चढ्ने आफ्ना ग्राहकलाई १०% छुट दिने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा अन्नपूर्ण केबलकार प्रालिका तर्फबाट महाप्रबन्धक दिनेश पौडेल तथा माछापुच्छ्रे बैंकका तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अन्नपूर्ण केबलकार पोखराको पहिलो केबलकार सुविधा हो । जसले त्यस क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउँदै आइरहेको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट टिकट काट्दा बिलमा १० प्रतिशत सम्म छुट पाउनेछन् । उक्त केबलकार सुविधा पोखराको सेदीबगरदेखि सारङकोटसम्म रहेको छ ।
बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी केबलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।