नेप्सेमा यो साता ३ कम्पनीको शेयर सूचिकृत

Share:

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा यो साता ३ कम्पनीको शेयर सूचीकृत भएको छ  । नेशनल लाइफ, ज्योति लाइफ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सूचिकृत भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको ६४ लाख ४२ हजार ६८९.४९ कित्ता बोनस शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको २२ लाख कित्ता शेयर सूचिकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत भएको छ । बैंकको ३० लाख कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत माघ ७ गते देखि फागुन १३ गतेसम्म चुक्ता पूँजीको १ कित्ता बराबर १.५ को दरले हकप्रद निष्काशन गरेको थियो । उक्त हकप्रद शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

कमेन्ट गर्नुहोस्