धरानमा स्वतन्त्र उमेदवार साम्पाङको अग्रता कायमै

89
0
Share:

सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम गरेका छन् । उनले १४ हजार १८३ मत प्राप्त गरेका छन् । गठबन्धनका किशोर राईले ११ हजार ९९८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार साम्पाङ दुई हजार १८५ मतले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार गणना भएको ४५ हजार १९५ मतमध्ये नेकपा एमालेकी उमेदवार मञ्जु भण्डारीले ९ हजार ७३५ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखतर्फ गठबन्धनका उमेदवार उमेदवार अइन्द्रबिक्रम बेघाले १४ हजार १४८ मतले अग्रता कायम राखेका छन् । एमालेका पदम इस्वोले १३ हजार १८८ मत प्राप्त गरेका छन् ।

अहिले वडा नं. १५ र १६ को मतगणना भइरहेको छ । वडा नंं १७ को मतपेटिका खोल्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्