भरतपुरअपडेट : भरतपुर महानगरमा रेणुको ३२ सय मतको अग्रता

122
0
Share:

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेणु दाहालले ३ हजार २०५ को मतान्तर कायम राखेकी छन् । ५९ हजार ७२५ मतगणना गर्दा दाहालले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीसँग सो मतान्तर कायम राखेकी हुन् ।

दाहालले २२ हजार ५९८ मत ल्याउँदा सुवेदीले १९ हजार ३९३ मत ल्याएका छन् ।

यस्तै अर्का उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ३७९ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार ८५४ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले १५ हजार ३०१ मत ल्याएकी छन् ।

कमेन्ट गर्नुहोस्