स्वतन्त्र उम्मेदवार बालेन्द्र साह काठमाडौं महानगरपालिकाकाे मेयरमा सुरुदेखि नै अग्रता लिएका थिए । तर पछिल्लाे समय विस्तारै घट्न थालेको छ ।
काठमाडौं महानगर वडा नं. २७ मा आइपुगेपछि बालेनको मत ह्वात्तै घटेको छ । हाल त्यो वडामा १६ सय ९२ मतगणना भइसक्दा साहले २८३ मत मात्रै पाएका छन् ।
यो वडामा एमालेका उम्मेदवार केशव स्थापितभन्दा दोब्बर मतले बालेन पछाडि छन् । स्थापितले ५ सय ३५ मत प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार सिर्जना सिंहले यो वडामा ३ सय ६५ मत प्राप्त गरेकी छिन् । काठमाडौं महानगरपालिकामा ७८ हजार ३ सय ६० मतगणना भइसकेको छ ।
अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्