हेटौँडा अपडेट : गठबन्धनकी उम्मेदवार लामा २६६५ मतले अगाडि

161
0
Share:

हेटौंडा उपमहानगरपालिकाको मतगणनामा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले अग्रता कायमै राखेकी छन् । ६८ हजार ९७८ मत गणना गर्दा लामाले २१ हजार ८०२ मत ल्याएर अग्रता कायम राखेकी हुन् ।

लामासँग एमालेका उम्मेदवार अनन्त पौडेलले १९ हजार ७०१ मत ल्याएर प्रतिस्पर्धा गरिरहेका छन् । लामा र पौडेलको मतान्तर २६६५ छ । त्यस्तै राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले १९ हजार १३७ मत ल्याएका छन् ।

कमेन्ट गर्नुहोस्