विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदीय समितिले दियो थप ५ दिन समय

Share:

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन प्रतिनिधि सभाको शिक्षा, विज्ञान तथा प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ ।

शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक पास गराउन भन्दै आज बसेको समिति बैठकमा थप समय माग गरेका थिए ।

समिति सभापति अम्मरबहादुर थापाले पाँच दिनभित्र सहमति गरेर आउन समय दिएका हुन् ।

कमेन्ट गर्नुहोस्