
काठमाडौं । राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएसँगै बयान सुरु भएको छ ।
तीनकुने घटनाका प्रतिवादी मिश्रको बयान मंगलबार न्यायाधीश तारादेवी महर्जनको इजलासमा सुरु भएको हो ।
चैत १५ मा तीनकुनेमा आयोजित राजावादी आन्दोलनमा सहभागी मिश्रविरुद्ध राज्य विरुद्धको कसुर सहित ४ वटा मुद्दामा अभियोजन गरिएको छ । मिश्रलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा सजाय हुन मागदावी लिइएको छ ।
कमेन्ट गर्नुहोस्








