राजावादीलाई इँटको जवाफ पत्थरले दिने तयारी गर्न प्रचण्डको निर्देशन

Share:

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीलाई इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्न निर्देशन दिएका छन् ।  पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले राजावादीहरु बडो कता कताबाट पैसा ल्याएको छन्, पैसा त उनीहरुले थुपारेकै होलान् । त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको तपाईंहरुले र मैले देखिरहेका छौं । म के भन्न चाहन्छु भने जाइलाग्ने चाहिँ होइन, उनीहरुको सभामा, उनीहरुको आन्दोलनमा गएर जाइलाग्न भन्न मैले खोजिरहेको छैन, बुझ्नुहोला, तर उनीहरु छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरु आइलाग्छन् भने त्यसको इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुहोस् । गर्नैपर्छ ।’

उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्