एकैदिन बैंकिङ प्रणालीबाट ७० अर्ब तान्दै राष्ट्र बैंक

Share:

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एकैदिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।

सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।  निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

कमेन्ट गर्नुहोस्