
काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढेको छ । आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन तोलामा १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९९० रुपैयाँ पुगेको छ ।
कमेन्ट गर्नुहोस्








