
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आज पत्रकार सम्मेलन गर्ने भएको छ । बिहीबार बजेट भाषण गरेका अर्थमन्त्रीले त्यसको भोलिपल्ट बजेटकै विषयमा केन्द्रित रहेर पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
अर्थमन्त्रीको सचिवालयका अनुसार पत्रकार सम्मेलन दिउँसो १ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने छ ।
बिहीबार सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।
कमेन्ट गर्नुहोस्








