
काठमाडाैं । मुक्तिनाथ क्यापिटल लिमिटेडले हितग्राही खातावालाहरुलाई ग्राहक पहिचान विवरण(केवाईसी) दर्ता तथा अद्यावधिक गर्न आग्रह गरेको छ ।
कम्पनीले आज एक सूचना जारी गर्दै मुक्तिनाथ क्यापिटल,मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकका कार्यालयहरुमा हितग्राही खाता खोलि धितोपत्रसम्बन्धी कारोबार गरिरहेकालाई यस्तो आग्रह गरेको हो ।
केवाईसी अद्यावधिक गराउँदा आफ्नो सक्कल नागरिकताको प्रमाणपत्रसहित सम्पर्क राख्नुपर्ने मुक्तिनाथ क्यापिटलले जनाएकाे छ ।
कमेन्ट गर्नुहोस्








