
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्स्योरेन्सलाई हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले सेयरधनीहरुलाई १०० रुपैयाँ अंकित दरका कुल ६५ करोड ७६ लाख ९३ हजार ७७६ रुपैयाँ बराबरको ६५ लाख ७६ हजार ९३७.७६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ ।
नेपाल इन्स्योरेन्सको हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
कमेन्ट गर्नुहोस्








