विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन लागिपरे : प्रधानमन्त्री

Share:

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् ।

मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् ।

‘कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने ।

आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने प्रधानमन्त्री ओलीले जिकिर गरे ।

 

कमेन्ट गर्नुहोस्