विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक गरी लेखियो – ‘केपी चोर, देश छोड’

Share:

काठमाडौं। नेपाल विद्युत प्राधिकरण चितवन कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ ।

कुलमान हटापछि प्राधिकरण भरतपुर कार्यालयको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएको छ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय गरेको भोलिपल्ट अर्थात् आज (मंगलबार) प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएको हो ।

विद्युत प्राधिकरणको डिजिटल बोर्ड ह्याक कसले ह्याक गरेको हो ? भन्ने विषय अनुसन्धानको विषय भैइरहेको चितवन प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्