काठमान्डौ/फेसबुकका प्रमुख सञ्चालक मार्क जुकरबर्गले डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । मार ए लागोमा रहेको ट्रम्पको रिसोर्टमा जुकरबर्गले भेटेका हुन । सो भेटपछि उनीहरूबिच चिसिएको सम्बन्धमा एक किसिमले सुधार आएको जनाइएको छ ।
राष्ट्रपति निर्वाचितको पहिले नै प्राविधिक क्षेत्रका अर्को प्रमुख व्यक्तित्व एक्स मालिक एलोन मस्कसँग ट्रम्पको उच्चस्तरको सबन्ध रहेको छ । र, ट्रम्पले मस्कलाई प्रमुख जिम्मेवारी पनि दिइसकेका छन् ।
ऐतिहासिक रूपमा ट्रम्प र जुकरबर्गबीच त्यस्तो कुनै निकटता छैन् । क्यापिटल दंगा पछि जुकरबर्गले ट्रम्पको फेसबुक र इन्स्टाग्रामबाट प्रतिबन्ध लगाएका थिए । ट्रम्पले मेटा मालिकलाई २०२४ राष्ट्रपति चुनावमा हस्तक्षेप गरे जेलको धम्कीसमेत दिएका थिए ।
कमेन्ट गर्नुहोस्