यू-१९ एसिया कप : आज नेपालले श्रीलंकासँग खेल्दै

22
0
Share:

काठमान्डौ/यूएईमा आज सुरु हुने यू-१९ एसिया कप क्रिकेटमा नेपालले श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

 

खेल ५० ओभरको हुनेछ । नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेश र तेस्रो खेलमा मंसिर १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

 

नेपाली टोलीको कप्तानमा हेमन्त धामी र उपकप्तानको अर्जुन कुमालले छन् । त्यस्तै टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद र युनिस विक्रम सिंह ठकुरी रहेका छन् । नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अविषेक तिवारी र रन्जित कुमार टिममा रहेका छन् । शक्ति गौचन टिमको मुख्य प्रशिक्षक रहेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक रहेका छन् ।

कमेन्ट गर्नुहोस्