नेपाल लाइफ इन्स्योरेन्सको १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Share:

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी अन्जन भण्डारीको नामको १० हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउनेछन् । ३५ दिनभित्र पनि शेयरधनीबाट शेयर खरीदका लागि आवेदन नपरेको खण्डमा भने सर्वसाधारणमा बिक्री खुला गरिनेछ ।

शेयर खरीद गर्न इच्छुक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ । यससम्बन्धी विस्तृत विवरण कम्पनीको शेयर शाखामा सम्पर्क गरी बुझ्न सकिने छ ।

कमेन्ट गर्नुहोस्