
काठमाडौं । कारोबार खुलेको दुई घण्टाको अवधिमा सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । यो समाचार तयार पार्दासम्म सेयर बजार कारोबार मापक नेप्से ३४.१७ अंकले बढेर १८५७.६६ बिन्दुमा पुगेको छ ।
त्यस्तै सेन्सेटिभ परिसूचक पनि ६.२८ अंकले बढेर ३८३.५६ बिन्दुमा पुगेको छ ।
कारोबार खुलेको दुई घण्टाको अवधिमा २९६ कम्पनीको ८२ लाख ७७ हजार ७८६ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८० करोड ८१ लाख भन्दाबढी रुपैयाँ बराबरको कारोबार भएको छ।
अपर स्यान्ज हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत कम्पनी लिमिटेड,मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेडको १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
कमेन्ट गर्नुहोस्








