सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको काटियो बिद्युत लाईन

Share:
काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको बिद्युत महशुल नतिरेको भनेर नेपाल विद्युत् प्राधिकरणले दुइ ठुला उद्योगहरु सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको  छ।
प्राधिकरणले जनाए अनुसार सर्वोत्तम सिमेन्टको करिब ८३ करोड र लक्ष्मी स्टिलको करिब ६२ करोड महशुल बक्यौता रहेको कारण दुई उद्योगको बिद्युत लाइन काटिएको जनाएको छ ।
प्राधिकरणले यसअघिनै रिलायन्स सिमेन्ट, जगदम्बा स्टिल,  अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट उद्योगको लाइन काटिसकेको छ । पटकपटक ताकेता गरिएपनि बिल भुक्तानी गर्न उद्योगहरु नआएपछि शुक्रबारदेखि उद्योगहरुको लाइन काट्न सुरु गरेको प्राधिकरण लाई प्रधानमन्त्री पुष्पकमल दाहालले समेत ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएपछि उद्योगमाथि एक्सन सुरु गरेको हो ।

प्राधिकरण श्रोतका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म महशुल बापत करिब २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्