सवारी दुर्घटनाका कारण सिन्धुलीमा दुईको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

Share:

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँन पुग्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सोमबार बिहान ८:१५ बजे बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहालको जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रामेछापको मन्थली नगरपालिका–१३ बस्ने २४ वर्षीय रुपेश अधिकारी र खोटाङको दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई रहेको छ।

इलाका प्रहरी कार्यालय खुर्कोटले बस र चालकलाई नियन्त्रणमा लिएको छ । यो भयंकर दुर्घटनापछि राजमार्गमा सवारी आवागमन रोकिएको छ भने स्थानीयद्वारा बसमा आगजनी कार्य भएको छ ।

कमेन्ट गर्नुहोस्