आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

Share:

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार मंगलबार थानीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।

मन्त्रालयका अनुसार उनले २७ मङ्सिरबाट लागू हुनेगरी राजीनामा बुझाएका हुन् । उनी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । उनले १५ महिना अगाबै पदबाट राजीनामा दिएका हुन् ।

कमेन्ट गर्नुहोस्