सुनको भाउले नयाँ रेकर्ड राख्ने क्रम जारी नै रहयो, एक लाख २१ हजार नाघ्यो तोलाको

Share:

काठमाडौं ।  सुनको भाउले नयाँ  रेकर्ड राख्ने क्रम नेपाली बजारमा जारी नै रहेको छ ।

सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख २१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख २१ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । आइतबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले बढेको छ ।

त्यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघले सोमबार चाँदी प्रति तोला १५४५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्