आज कार्तिक शुक्ल पूर्णिमा : शिख धर्मावलम्बीहरुको गुरु नानक जयन्ती

Share:

काठमाडौँ । नेपाल पंचांग अनुसार आज कार्तिक शुल्क पुर्णिमा रहेको छ। आजनै शिख सम्प्रदायका धर्म प्रवर्तक धर्मगुरु नानकको जन्मजयन्ती शिख धर्मावलम्बीहरुले विविध कार्यक्रम आयोजना गरी मनाउदैछन् ।

निर्गुण उपासनाका पक्षपाती गुरु नानक ‘ईश्वर एक छन् र सर्वशक्तिमान् छन्, यही नै सत्य हो’ भन्नेमा विश्वास गर्नुहुन्थ्यो ।

बिक्रम सम्बत १५२६ सालको कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा जन्मिएका गुरु नानकले नै शिखको धर्म ग्रन्थ ‘गुरु गन्थ साहेव’ को रचना गरि मानवतावादी दर्शनको शुरुवात् गराएको इतिहास छ ।

नेपालमा गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेव’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा (निःशुल्क सामुदायिक भोजन) गराइने स्वामी गोकुलानन्दले जानकारी दिनुभयो । पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि विविध कार्यक्रम आयोजना गरी जन्मजयन्ती मनाइने गरिएको छ ।

कमेन्ट गर्नुहोस्