इजरायलको भ्रमण नगर्न सरकारले गर्यो आग्रह

Share:

काठमाडौं । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् ।

यसैगरी लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थीहरु इजरायलमा रहेको र तीमध्ये १० जनाको चरमपन्थी समूह हमासले गरेको आक्रमणमा परी मृत्यु भएको मन्त्री साउदले जानकारी गराए ।

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए ।

समितिमा मन्त्रालयका सचिव भरतराज पाैड्यालले सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताए ।

युद्धका कारण निधन भएकाहरूको शव सेनाको जिम्मामा हुने भएकाले सोहीअनुसार प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्