
काठमाडौं । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तासी भन्ने चिनियाँ ग्याङ रोउ, लालबहादुर तामाङ र ६५ वर्षीय सनत प्रधान रहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूलाई स्वयम्भूबाट पक्राउ गरिएको हो ।
यो महिना चार दिनको अन्तरालमा दोलखामा तस्करीको ११ किलो सुन बरामद भएको थियो । गत असोज ११ गते दोलखाको सिंगटीबाट ४ किलो सुन बरामद भएको थियो । त्यसको भोलिपल्ट थप ३ किलो सुन फेला परेको थियो । त्यसपछि असोज १४ गते लामाबगरमा थप ४ किलो सुन फेला परेको थियो ।
कमेन्ट गर्नुहोस्







