अब कर्मचारीको आन्दोलन गर्ने पालो, संघीय निजामती सेवा विधेयकको विरोधमा आन्दोलन

Share:

काठमाडौँ । सरकारले संघीय संसदमा दर्ता गरेको संघीय निजामती सेवा विधेयकका कतिपय व्यवस्था संशोधन गर्न माग गर्दै कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।

स्थानीय तहका कर्मचारीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा विभिन्न मागसहित धर्ना दिएका हुन्।

उनीहरूले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्न सरकारसँग माग गरेका छन्।

निजामती सेवा विधेयकमा छुटेका विभिन्न कुराहरू समावेश गर्न सरकारलाई ध्यानाकर्षण गराउन धर्ना गरिएको स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिले जनाएको छ।

उनीहरूले स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाअन्तर्गत नै हुनुपर्नेसहितका माग अघि सारेका छन्।

संसदमा दर्ता निजामती विधेयकमा प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत रहने प्रस्ताव गरिएको छ।

उनीहरूले समायोजन भएका कर्मचारीको उचित व्यवस्थापन गरिनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीका लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिनुपर्ने माग पनि राखेका छन् भनि सेतोपाटिले लेखेको छ ।
कमेन्ट गर्नुहोस्