सरकार र राहत शिक्षक बिच आज वार्ता हुने

Share:

काठमाडौं । सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बिहीबार आधिकारिक पत्र पठाएपछि शुक्रबार औपचारिक वार्ता हुने भएको हो।

शिक्षामन्त्री अशोक कुमार राई सहित आन्दोलनरत राहत शिक्षक र बालविकास शिक्षक प्रतिनिधिबिच सिंहदरबारमा अनौचारिक संवाद भएपछि शुक्रबार वार्ता हुने भएको हो। राहत, अनुदान शिक्षक र बालविकास शिक्षकबिच छलफल भएपछि वार्तामा बस्न आधिकारिक रूपमा पत्र पठाएको शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले बताए।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र राहत शिक्षकबिच शुक्रबार औपचारिक संवादमा बस्ने बताए। सरकार वार्तामा बस्न सहमत भएपछि छलफलबाटै राहत र बालविकास शिक्षकका समस्या सम्बोधन हुने अधिकारीले विश्वास व्यक्त गरे। नेपाल शिक्षक महासङ्घले धोका दिएकाले आफूहरू बसेर वार्तामा बसेर सहमति गरिने अधिकारीले बताए । राहत शिक्षक र बालविकास शिक्षकका विषयमा अनेक अफवाह फैलाएको भन्दै राज्यले न्याय गर्नुपर्ने उनले बताए ।

कमेन्ट गर्नुहोस्