
काठमाडौ । संघिय सरकारले शिक्षासम्बन्धी कानुन संशोधन र एकिकरण गर्न गत भाद्र २७ गते संसदमा दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा प्रस्ताव गरिएका केही प्रावधानहरुमा नेपाल शिक्षक महासंघले असन्तुष्टी जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरि महासंघका अध्यक्ष कमला तुलाधरले सम्बोधन गर्दै अस्थायी शिक्षक, विद्यालयको कर्मचारी दरबन्दी, संरचनाको ब्यवस्था विनाको बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृतीभरण, लगायतका विषयमा असन्तुष्टी जनाउदै सरकारले गरेको सहमतीलाई बेवास्ता गर्दै विधेयक ल्याएकोले बाध्यताबश आन्दोलनमा जान बाध्य भएको जनाईएको छ ।
कमेन्ट गर्नुहोस्







