प्रधानमन्त्री दाहाल अमेरिका प्रस्थान

Share:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणको अवसरमा असोज ४ गते प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितीमा कार्यबाहक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्रीको विदाई गरेका छन् ।

असोज २ गते अमेरिकी राष्ट्रपती बाईडेनबाट आयोजित स्वागत समारोहमा सहभागी भई महासभामा प्रधानमन्त्री दाहालले नेपालको तर्पmबाट सम्बोधनमा विश्व समुदायको विश्वास प्राप्ती तथा शान्ति, समृद्धि र दिगोपनाको निम्ती दिगो बिकासका लक्ष हासिल गर्ने ऐक्यबद्धता जनाउने सम्बन्धमा मन्तव्य दिने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्