सदन खुलाउन सभामुखको पहल, बोलाए पाँच दलका प्रमुख सचेतकहरू

Share:

काठमाडौँ । श्रावण १० गते देखि अवरोधित सदन सुचारु गर्ने अभिप्रायले सक्रिय सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे आफ्नो  कार्यकक्षमा प्रमुख पाँच दलका सचेतकहरूसँग छलफल गर्न बैठक राखेका छन् ।

सभामुखका सञ्चार सल्लाहकार शेखर अधिकारीले जानकारी दिए अनुसार सत्ता साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरुलाई बोलाइएको छ। यस अघि सभामुखले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छलफल गरेका थिए।

 

कमेन्ट गर्नुहोस्