
काठमाडौं । हङकङबाट आएको सुन प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका क्रममा काठमाडौंबाट गएराति दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा याओ पुचेङ्ग र ली वेन सुङ्ग छन् ।
श्रावण ३१ मा सिआईबीले चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति केहि समयदेखि ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गरेर नेपालमानै बसीरहेका छन् । डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
कमेन्ट गर्नुहोस्







