
काठमाडौं । नेपालमा डेंगु रोग बाट सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७५ जिल्लामा १४ हजार ३५७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।
महाशाखाका अनुसार सबै भन्दा बढी संक्रमण कोशी प्रदेश रहेको छ जहाँ १० हजार ८१३ जनामा डेंगु पुष्टि भएको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा ३९ जनामा डेंगु संक्रमण भएको छ । बागमती प्रदेशमा दुई हजार ९, गण्डकी प्रदेशमा ६०३, सुदूरपश्चिम प्रदेशमा ४५१, लुम्बिनी प्रदेशमा ३०७ र मधेश प्रदेशमा १३५ जनामा डेंगु संक्रमण भएको छ ।
सात हजार ४४९ सङ्क्रमित सहित सुनसरी जिल्ला सबैभन्दा बढी डेंगु सङ्क्रमित भएको जिल्ला हुन पुगेको छ । त्यसैगरी मोरङमा एक हजार ६७६ सहित दोश्रो, धादिङमा एक हजार ३२० सहित तेश्रो, कास्की २४९ सहित चौथो, दार्चुला १९४ सहित पाचौ, झापा ९१३ सहित छैठौ, काठमाडौं १९९ सहित सातौ, सङ्खुवासभा १७६ सहित आठौ, तनहुँ १३० जना सहित नवौ बढी डेंगु संकमित भएको जिल्ला हुन पुगेका छन् । संक्रमित मध्ये ८९ प्रतिशत सङ्क्रमित १० जिल्लाबाट छन् ।







