
काठमाडौं । यस वर्षको उच्च माध्यमिक तह अन्तर्गत कक्षा १२ को परीक्षाफल आगामी साता प्रकाशन हुने भएको छ ।
करिब चार लाख ६७ हजार ३८९ परीक्षार्थी सम्मिलित भएको परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा रहेको र आगामी साता नतिजा आउने निश्चितप्राय भएको हो ।
हाल बोर्डले परीक्षार्थीको प्रविष्ट गरेका अङ्कहरू रुजु गर्ने काम भइरहेको छ ।
कमेन्ट गर्नुहोस्







