आज श्रावणको तेश्रो सोमबार, शिवालयहरुमा दर्शनार्थीको भीड

Share:

काठमाडौँ । आज बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा दर्शनार्थीहरुको भीड लागेको छ ।

काठमाडौँ उपत्यकाको प्रमुख शैवीय तीर्थ पशुपति मन्दिर रहेकोले मन्दिरमा भक्तजनहरु दर्शनार्थ बिहानैदेखि आउने भएकाले बिहान ३ बजेदेखि मन्दिरको चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । श्रावण महिनाको सोमबार सुन्दरीजलबाट जल लिएर बोल बम यात्रा गरी पशुपतिनाथ लगायतका शिवालयहरुमा मन्दिरमा जल चढाउने प्रचलन भएकोले पनि भक्तजनको पनि भीड बढ्ने गरेको हो ।

सोमबारका अवसरमा आज राजधानीको गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

 

कमेन्ट गर्नुहोस्