आज श्रावण १५, राष्ट्रिय खिर दिवस, खिर खाएर मनाइदै

Share:

काठमाडौँ । आज श्रावण १५ गते, नेपाली समाजमा खीर खाने दिन । प्राचीनकालदेखिको नेपाली परम्पराको रुपमा रहेको खीर खाने प्रचलन अगाडी बढाऊदै राष्ट्रिय दुग्ध विकास बोर्डले श्रावण १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको छ ।

संस्कृत भाषामा पायस भनिने खीर, सात्विक आहार मध्येको उत्तम मानिने भएकोले यसको महत्त्व वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद्हरु बताउने गर्दछन् । धार्मिक मान्यता अनुसार श्रावण महिना भगवान् शिवको महिना हो । शास्त्रीय बचन नभेटियेपनी शिवलाई दूध र दूधमा बनेका परिकार चढाउने प्रचलन भएकाले खीर बनाई चढाउने गरिन्छ ।

परापुर्बकाल देखिनै देव तथा पितृ कार्यमा भोजनको रुपमा पायस अर्थात् खीर खाने खुवाउने गरिएको नेपाली समाजमा खिर एक पौष्टिकताले भरिपुर्ण आहारको रुपमा लिनेगरिएको छ ।

 

 

कमेन्ट गर्नुहोस्