
काठमाडौं : नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण भएको छ।
आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन्। एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं नेता रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाउदै जनकपुर जान नदिनका लागि केहि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए। उनले साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको समेत बताएका छन् ।
एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारूलगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्







