
काठमाडौँ । अविरल वर्षाको प्रभावले आएको बाढी–पहिरोका कारण देशका तीनवटा राजमार्ग पूर्णरूपमा अवरूद्ध बनेका छन्। माझीटारमा रहेको हेवा खोला अवरुद्ध रहेकोले पुर्बी नेपालको तमोर करिडोर अन्तर्गतको सडक अवरुद्ध हुन पुगेको छ
देशको पश्चिम तर्फ भालुवाङ-लिवाङ-रोल्पा-माडीचौर-दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ भने बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गतको सडक पाल्पाको विभिन्न स्थानमा अवरूद्ध भएको छ।
यसवर्ष देशभरका राजमार्ग, सडकहरुमा मनसुनको कारणले पुगेको क्षति करिब २५ करोड भएको प्रारम्भिक अनुमान गरेको सडक बिभागका अनुसार यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको छ जसमध्ये तिन राजमार्ग अन्तर्गतका विभिन्न आठ ठाउँमा अवरूद्ध भएको छ भने १९ स्थानमा एकतर्फी रुपमा संचालित छ। ८७ स्थानमा भने दुवैतर्फ चालु रहेको छ।







