भगवती हाइड्रोपावरको प्रिमियममा आईपीओ बिक्री खुला, क-कसले भर्न पाउँछन् ?

Share:

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज असार २४ गतेबाट प्रिमियममा आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँ आईपीओ निष्काशन गरेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वसाधारण जारी हुने कुल ८ लाख ५८ हजार ९७ कित्तामध्ये १० प्रतिशतले हुन आउने ८५ हजार ८१० कित्ता जारी गरेको छ । यसमा उनीहरुले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।

छ। यसैगरी कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि जारीपुँजीको १० प्रतिशतले हुन आउने ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ बिक्री खुला गरेको छ। यो आईपीओमा पोखरा महानगरपालिकाको वडा नं. १३, १४, २६ र २७ का स्थानीयले आवेदन दिन पाउनेछन्। स्थानीय न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्तासम्म आईपीओ भर्न पाउनेछन् ।

वैदेशिक रोकगरीमा रहेका नेपालीको हकमा आवेदन दिने अन्तिम म्याद साउन ७ गतेसम्म तोकिएको छ भने स्थानीयले भने साउन ७ गतेसम्म मागबमोजिम आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद साउन २२ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ ।

विदेशमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयले काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटल, कास्कीको लेखनाथमा रहेका सिद्धार्थ बैंकको शाखा, कामना सेवा विकास बैंकको शाखा, कुमारी बैंकको शाखा र कुमारी बैंककै काहुनखोला शाखाबाट खरिद आवेदन दिन सक्नेछन्।

भगवती हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

कमेन्ट गर्नुहोस्