एसईईको नतिजा आज साँझ वा भोलिसम्म आउने सम्भावना

Share:

काठमाडौं, असार २० गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिदै तथ्याङ्कको शुद्धाशुद्धि परीक्षण गर्ने र परीक्षाको नतिजा प्रकाशन गर्ने तयारीलाई तीव्र बनाइएको बताउनु भएको छ ।

उहाका अनुसार कुनै प्राविधिक समस्या नआए आजै साँझसम्म नतिजा सार्वजनिक हुने  सम्भावना  छ र कुनै प्राविधिक समस्या आएमा भने भोलि प्रकाशन गरिने छ ।

आजको गोरखापत्रमा सूचना प्रकाशन गर्दै कार्यालयले परीक्षाफल हेर्न सकिने तरिकाहरु उल्लेख गरि सूचना प्रकाशन गरेको छ ।

एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन ।  जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

कमेन्ट गर्नुहोस्