
न्यायसेवा लाई अझ प्रभावकारी बनाउन रिक्त रहेका न्यायाधीश पदमा सिफारिसको एजेन्डासहित प्रधानन्यायाधीश कार्कीको नेतृत्वमा न्याय परिषद्को बैठक सोमबार बस्न लागेको हो । हाल सर्वोच्च, उच्च र जिल्लामा गरि ८८ न्यायाधीश पद रिक्त रहेको छ ।
बैठक बस्न लागेको बैठकबाट जिल्ला, उच्च र सर्वोच्च अदालत समेतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सक्ने परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । परिषद्का अनुसार सर्वोच्चमा ६ न्यायाधीश सिफारिस गर्न सकिनेछ । उच्च अदालतमा ६ मुख्यसहित ४१ न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा भने ३५ न्यायाधीशको पद रिक्त छ ।
कमेन्ट गर्नुहोस्







