करिब १ करोड २० लाख कित्ता फर्जी आवेदन परेपछि घोराही सिमेन्टको आईपीओ स्थगन

Share:

काठमाडौं । करिब १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्ट प्राथमिक निष्कासन (आईपीओ) स्थगन भएको छ । बोर्डका अध्यक्ष रमेश हमालले फर्जी आवेदनसँगै गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थगन गर्न लगाएको जानकारी प्राप्त भएको छ ।

घोराही सिमेन्टको आईपीओमा करिब १ करोड २० लाख कित्ताभन्दा बढी फर्जी आवदेन परेकोमा सीडीएससीले सूचना जारी गरेर सचेत गराएको थियो । रेटिङमा पनि समस्या देखिएको बोर्डले जनाएको छ ।

कमेन्ट गर्नुहोस्